देश गम्भीर संकटमा परेका बेला सबैले सचेत भएर लाग्नुपर्ने अवस्था आएको छ । सचेत युवाहरुले गणतन्त्रलाई संस्थागत गर्न महत्वपूर्ण भूमीका खेल्नु पर्ने यो महत्वपुर्ण घडीमा नेपालमा हुन लागेको दोस्रो संविधान सभाको चुनाव लागि आम युवाहरु लाग्नुपर्ने आवस्यकता देखिएको छ ।
गणतन्त्र संस्थागत भए मात्र सबैका साझा समस्याहरु सामाधान हुन्छन् भन्ने कुरालाई सवैले स्विकार गरेका छन् तर त्यसको व्यहारत लागु गर्न भने कसैले सकेको देखिदैन् । अहिले राष्ट्रियता समस्यामा परेको छ । सिमा अतिक्रमण निकै धेरै बढेको छ ।
नेपालमा यति बेला संघीयताको नाममा सार्वभौमिकता टुक्राउने, देशलाई एक वा अर्को प्रकारले सिक्कीमिकरण वा फिजीकरण गराउने, जातिय, क्षेत्रीय द्वन्द्व निम्त्याउने र अग्रगमनका नाममा प्रतिगमनतिर धकेल्ने प्रयास भएको भन्दै केही दलहरु र नेताहरु चिन्तित देखिएका छन् । यो विषयमा नेपालका ठूला साना सवै दलहरुले समयमै सचेत हुनुपर्ने देखिएको छ । सत्तामा पुगेर कुर्चीको मात्रै खेलमा लड्ने नेपालका दलहरुले अवको दोस्रो संविधान सभाको चुनाव हुनु अगावै जसले जितेपनि अनिवार्य संविधान निर्माण गर्ने साझा प्रतिबद्धता व्यक्त गर्नुपर्ने बेला देखिएको छ ।
यसका लागि उम्मेदवार उठेका सवै सभासदहरुलाई एकै ठाउँमा राखेर जनताहरुले हरेक जिल्ला जिल्लावाट प्रतिवद्धता लिखित रुपमा लिनुपर्ने र हरेक पार्टीक कार्यकर्ताहरुले समेत यसवारे चनाखो भएर आफ्नो अभियान थाल्नुपर्ने आवश्यकता देखिएको छ ।





